राजनीति

एमालेले गैरलोकतान्त्रिक चरित्र प्रस्तुत गर्यो: अध्यक्ष महतो

लहान, १८ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन र सङ्घीयता असफल भए विखण्डनकारीलाई बल पुग्ने भएकाले यसप्रति सचेत हुनुपर्ने बताउनुभएको छ ।

प्रेस मञ्च सिरहाले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन र सङ्घीयता असफल भए विखण्डनकारीलाई बल पुग्ने र यसको जिम्मेवारी नेकपा (एमाले)ले लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“ एमालेले अहिले लगातार संसद् अवरुद्ध गरेर संविधान संशोधनमा रोकावट उत्पन्न गरेको छ, यो गैरलोकतान्त्रिक चरित्र हो ।”

आफूलाई चित्त नबुझेको कुरा छलफलबाट समाधान निकाल्न सकिने, संसदमा उपस्थिति भई विपक्षमा मतदान गर्न सकिने बाटो खुल्ला हँुदाहुँदै जनताको प्रतिनिधि रहेको सर्वोच्च थलो संसद्लाई अवरोध गरेर राख्नु लोकतन्त्र विरोधी चरित्र रहेको महतोको भनाइ थियो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.