राजनीति

“सम्पूर्ण देशलाई मिलाउने जिम्मेवारी काँग्रेसको काँधमा रहेको छ ”

काठमाडौँ ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित पुस्तक ‘चिन्तन’को आज यहाँ लोकार्पण गर्दै सभापति देउवाले सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सम्पूर्ण देशलाई मिलाउने जिम्मेवारी काँग्रेसको काँधमा रहेको छ ।”
पूर्व प्रधानमन्त्री देउवाले मधेसी दलकोे भावनालाई समेट्नका लागि संशोधन प्रस्ताव दर्ता भएको र यसलाई पारित गर्न नेकपा (एमाले)ले समेत सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले संविधान कार्यान्वयन भएमात्र मुलुक आर्थिक रुपमा अगाडि बढ्ने भएकाले संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

मुलुकका सबै दल प्रजातान्त्रिक पद्धतिमा आइसके पनि पूर्ण प्रजातान्त्रिक हुन नसकेको उहाँको भनाइ थियो । उहाँले नेपालमा भएका प्रजातान्त्रिक उपलब्धिलाई जनतामाझ चिनाउन प्रजातान्त्रिक विचार समाजको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.