राजनीति

एमालेको कार्यकर्ता चढेको बसमा मोर्चाको बम प्रहार

सत्तारुढ मधेसी मोर्चाले एमालेको मेची–महाकाली अभियानमा गाउँबाट सहभागि हुन आएको बसमाथि बम प्रहार गरेको छ । एमालेको अभियान जुन जिल्लामा पुग्यो ती जिल्लामा बन्द कार्यक्रम राख्दै आएको मोर्चाले आफ्नो बन्दका बाबजूद पनि  बाँकेमा अभियानमा सहभागि हुन गाउँबाट आएको गाडीमा बम प्रहार गरेको हो ।

मंगलबार एमालेको सभा विथोल्न मोर्चाले गरेको बाँके जिल्ला बन्दमा गाडी चलाएको भन्दै पेट्रोल बम हानिएको मोर्चाले जनाएको छ।  पेट्रोल बम प्रहार गरिएको भे १ ख २०४२ नम्बरको बसमा समान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।  अवरोधका वावजुद राजमार्गको २३ किलोमिटर क्षेत्र एमालेको जुलुशले भरिएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.