राजनीति

राजपा दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने

आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा राजपा सप्तरी सहभागी नहुने भएको छ ।

राजविराजमा बुधबार सम्पन्न राजपा सप्तरीको बैठकले आगामी जेठ ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।
मधेसको माग सम्बोधन गर्न संविधान संशोधनको आवश्यकता औल्याउँदै राजपा सप्तरीले बुधबार एक विज्ञप्ति प्रकाशित गरी संशोधन विना मधेसमा चुनाव हुन नसक्ने जनाएको छ ।
अधिकारका लागि संघर्षरत मधेसी समुदायले उठाउँदै आएको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, स्थानीय तहको निर्धारण, प्रदेश सीमांकन र नामांकन, नागरिकता, समावेशी समानुपातिक सहितका कुनै पनि माग सम्बोधन हुन नसकेकाले निर्वाचनमा सहभागी नहुने अध्यक्ष मण्डलका संयोजक सुनिलकुमार झाले बताए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.