राजनीति

ऐतिहासिक जित मनाउन पोखरा आउँदैछन् केपि ओली

प्रदेश नम्बर ४ कै राजधानी एवं प्रदेशको एकमात्र पोखरा लेखनाथ महानगरापालिकामा एमालेले जित हासिल गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली पोखरा आउने भएका छन् ।

नेकपा एमालेले शनिबार पोखरामा आयोजना गर्ने विजय उत्सवलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने र कार्यकर्तासँगै उत्सव मनाउने तयारी रहेको प्रदेश नं. ४ का ईन्चार्ज किरण गुरुङले जानकारी दिए । विजय उत्सवमा भाग लिन अध्यक्ष ओली शनिबार बिहान पोखरा आउने कार्यक्रम तय भएको गुरुङले जानकारी दिए।

शनिबार बिहान ११ बजे पोखराको अमरसिंह चोकमा विजय उत्सव मनाउने कार्यक्रम राखिएको इन्चार्ज किरण गुरुङले बताए ।

चार नम्बर ४ मा एमालेले उत्साहजनक नतिजा ल्याएकाले कार्यकर्ताहरु उत्साहित भएको गुरुङको भनाइ छ ।

पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गरे । जिसीले ६० हजार ४२३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४७३ मत पाए । कुँवरलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेको थियो ।

उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन् । उनले कांग्रेस उम्मेदवार सरस्वती गुरूङलाई झण्डै १४ हजार मतान्तरले पराजित गरिन् ।

मञ्जुले ५६ हजार ४४८ मत पाइन् भने सरस्वतीले ४४ हजार ३३८ मत पाएकी छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.