राजनीति

नारायणकाजीले झोक्किदै भने:एमालेको के ताल हो यो ?

भरतपुर नगरपालिकाको मतगणना सुचारु गर्न माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद बैठक अवरुद्ध गरेकामा सरकार नेतृत्वकर्ता माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतपत्र च्यातिएको विषयमा स्वतन्त्र संवैधानिक आयोगले छानबिन गरिरहेको र त्यसको प्रतिवेदन नै नआई एमालेले संसद अवरुद्ध गर्नुलाई गलत भनेका छन् । श्रेष्ठले संसद अवरोध गर्नुकोबारे श्रेष्ठले ‘के ताल हो ?’ भनेर प्रश्न गरेका छन् ।

‘एमालेको के ताल हो यो ? लोकतन्त्रको कुरा गर्ने, अनि निर्वाचन आयोगले गर्ने कामको निम्ति संसद बैठक अवरुद्द गर्ने । यो पनि हद भयो । जे गरे पनि हुन्छ ?’ उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् ।

श्रेष्ठले निर्वाचन आयोगले गर्ने कामका लागि सरकारलाई दबाब दिनु उचिन नभएको आशय प्रकट गरेका छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.