राजनीति

कमल थापाले भने :-‘निर्वाचन आयोगलाई कठपुतली बनाउन खोजियो’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णय अदूरदर्शी र अपरिपक्क भएको बताएका छन् ।

सत्तारुढ कांग्रेस र माओवादीले राजपा नेताहरुसँग गरेको वार्तामा प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति गरेका थिए । चुनावको नयाँ मिति तोकिएको छैन । तर, असोज २ गते गराउने तयारी छ ।

यो सहमतिबारे प्रतिक्रिया जनाउँदै रापप्रा अध्यक्ष थापाले चुनाव सार्ने निर्णय गलत भएको बताए । उनले भने, ‘निर्वाचन आयोगलाई कठपुतली बनाउन खोजिएको छ ।’

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.