राजनीति

भारतिय दलाल भन्दै प्रधानमन्त्री देउवाको पुत्ला जलाईयो

दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णयविरुद्ध युवा विद्यार्थीले राजधानीमा प्रदर्शन गरेका छन् ।

शुक्रबार विहान एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अगुवाईमा युवा विद्यार्थीहरुले चुनाव सार्ने निर्णयको विरोध गर्दै प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लबको गेट अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ला जलाएका हुन् । सो क्रममा विद्यार्थीहरुले देउवा र प्रचण्डलाई ‘भारतीय लम्पसारवादी दलाल’ भन्दै नाराबाजी समेत गरेका थिए ।

विद्यार्थीहरु विरोध प्रदर्शन गरिरहँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.