राजनीति

कांग्रेसले निर्वाचन हारे लोकतन्त्र कमजोर हुन्छ :-नेत्री कोइराला

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तहको निर्वाचनमा कांग्रेसले निर्वाचन हारे लोकतन्त्र कमजोर हुने बताउनुभएको छ ।

गृहनगर विराटनगरमा आइतबार बिहान आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालले शान्ति, सम्बृद्धि, लोकतन्त्र र प्रजातन्त्रको विकासका लागि कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसले निर्वाचन हारे लोकतन्त्र कमजोर हुन्छ, संविधान कार्यान्वयन हुन सक्दैन ।’

नेत्री कोइरालाले संविधानको कार्यान्वयन र लोकतन्त्रको सुढृढीकरणका लागि भएपनि कांग्रेस एकढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने बताउनुभएको हो ।

उहाँले स्थानीय निकाय पाँच वर्षका लागि स्थायी रुपको सरकार भएकाले कसैले हल्लाउन नसक्ने भन्दै स्थानीय तहको विकासका लागि कांग्रेसका जनप्रतिनिधीलाई जिताउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएकी नेत्री कोइरालाले तीन तहकै निर्वाचन कांग्रेसको नेतृत्वमा हुने हुँदा अरु निर्वाचनलाई पनि स्थानीय तहको निर्वाचनले असर गर्ने भएकाले स्थानीय तहमा कांग्रेसलाई जिताउनुपर्ने बताउनुभयो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.