राजनीति

२ सय ४० निर्वाचन क्षेत्र बनाउने खेलमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पुरानो २ सय ४० निर्वाचन क्षेत्रमा सहमति खोज्न आन्तरिक गृहकार्य जारी राखेका छन् । एमालेलाई मान्न तयार रहेको भन्दै माओवादी केन्द्रलाई मनाउने जिम्मा फोरक लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारलाई दिएका छन् । कांग्रेसमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । तर देउवा २ सय ४० निर्वाचन क्षेत्र कायम राखेर निर्वाचन गराउने पक्ष्मा छन् ।

बिहीबार भएको गोप्य छलफलमा संघिय मामिला तथा स्थानिय विकास मन्त्री तथा लोकतान्किका अध्यक्ष गच्छदारले २४० मा नै जानुपर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा प्रधानमन्त्री देउवाले एमाले मान्न् तयार रहेको तर माओवादीलाई मनाउन गच्छदारलाई नै जिम्मा दिएका थिए । निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुको साटो प्रधानमन्त्री देउवाले केही दिनदेखि राजनीतिक दलहरुका वार्तामा २ सय ४० निर्वाचन क्षेत्र नै कायम गर्नुपर्ने प्रस्ताव उठाउंदै आएका छन् ।

२ सय ४० निर्वाचन क्षेत्र नै कायम गरिए त्यही अनुपातमा समानुपातिक सिट बढाउनुपर्ने भएकाले सांसदहरुको संख्या १२ सय ५९ पुग्न जान्छ । संविधानमा संघीय संसदको तल्लो सदनमा १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक गरी २ सय ७५ सदस्य रहने व्यवस्था छ । प्रधानमन्त्री देउवालगतका केही नेताले २ सय ४० निर्वाचन क्षेत्र नै कायम राखेर जान सकिने प्रस्ताव ल्याएका हुन । कांग्रेस नेताहरुले भने प्रत्यक्ष चुनिएकाहरुलाई प्रतिनिधिसभामा राख्ने, बाँकीलाई राष्ट्रिय सभा लैजाने यस्तो प्रस्ताव ओलीबाटै आएको दाबी गरेका छन् ।

तर, माओवादी केन्द्र समानुपातिक सांसदलाई संघीय संसदको तल्लो सदनबाट हटाएर राष्ट्रिय सभामा मात्रै सिमित गर्ने पक्षमा छैन ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.