राजनीति

‘डुबान क्षेत्रमा जानै सकिँदैन,काठमाडौंमा बसेर निर्देशन दिइएका छौँ’:-राजपा नेता राजकिशोर यादव

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका अध्यक्ष राजकिशोर यादवले राजपाको मधेसका जिल्लाहरूमा जानै नसकिने अवस्था भएकाले तत्काल डुबान भएका स्थानमा शीर्ष नेताहरू नगएको प्रतिक्रिया दिनुभएको छ ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले आफूहरू काठमाडौंमा बसेर उद्धार र राहतका लागि दवाव दिइरहेको बताउनुभयो ।

‘डुबान क्षेत्रमा कसरी जाने । जानै सकिँदैन’, उहाँले भन्नुभयो, ‘हामी शीर्ष नेताहरू काठमाडौंमा बसेर निर्देशन दिइएका छौँ । राज्यलाई उद्धार र राहतका लागि दवाव दिएका छौँ ।’

उहाँले भन्नुभयो, ‘अध्यक्षमण्डलको बैठक बसेर बाढी पीडितलाई सांसदहरूको एक दिनको तलव दिने निर्णय भएको छ ।’ अध्यक्ष यादवले कार्ययोजना बनाएर राजपा अध्यक्षमण्डलका अध्यक्षहरू मधेस झर्ने बताउनुभयो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.