राजनीति

डेढ बर्षभित्र प्रचण्ड बनेर देखाउने पुष्पकमल दाहालको घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू डेढ बर्षभित्र प्रचण्ड बनेर देखाउने घोषणा गरेका छन् ।

आफूलाई शक्तिकेन्द्रहरुले पुष्पकमल देख्न चाहेको र जनता,कार्यकर्ता,सहिद र वेपत्ता परिवार र माओवादीका समर्थकहरुले प्रचण्ड देख्न चाहेको स्मरण गराउँदै उनले डेढ बर्षभित्र प्रचण्ड बनेर देखाउने घोषणा गरेका हुन् ।

‘म प्रचण्ड बन्ने धेयमा छु । पार्टीका नेता कार्यकर्ता,समर्थक,शुभचिन्तक,सहिद र वेपत्ता परिवारले पनि मलाई प्रचण्ड देख्न चाहनु भएको छ । एक वा डेढ बर्षमा प्रचण्ड बनेर देखाउँनेछु’ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको बुधवार काठमाण्डुमा आयोजित राष्ट्रिय सम्मेलनको उदघाटन कार्यक्रममा प्रचण्डले भने, ‘पहिला प्रतिक्रियावादीहरु माओवादी भन्ने बित्तिकै डराउथे,वीचमा माओवादी केहि होइन भन्ने ठान्न थाले । अहिले तपाईहरु बुझिहाल्नुहुन्छ नी । अहिले हामी माओवादीहरु एक हुन थालेपछि प्रतिक्रियावादीहरुको सातो गएको छ ।’

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.