राजनीति

एमालेले मधेसी जनतासँग मत माग्ने नैतिक धरातल गुमाइसकेको प्रचण्डको आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी एमालेले मधेसी जनतासँग मत माग्ने नैतिक धरातल गुमाइसकेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लबले शनिबार कलैयामा गरेको साक्षात्कारमा उनले मधेसी जनता एमालेप्रति रुष्ट रहेको बताए । ‘एमालेको मत माग्ने नैतिक धरातल कमजोर छ, जनताहरु एमालेसँग रुष्ट छन्’, उनले भने, ‘बास्तवमा भन्ने हो भने एमालेले धरातलीय यर्थाथ गुमाइसकेको छ । यो पटकको निर्वाचनमा जनताले एमालेलाई मतदान गर्दैनन् ।’

पहिलेदेखि नै मधेसविरोधी अभिव्यक्ति दिँदै आएका एमाले अध्यक्ष केपी ओलीका कारण मधेसका जनता एमालेप्रति रुष्ट भएको प्रचण्डकोे भनाइ छ । उनले भने,‘एमाले मधेश विरोधीदलको रुपमा स्थापित भइसक्यो । मधेसका जनताले एमालेलाई मन पराएनन् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले निर्वाचनअघि सरकार परिवर्तन असम्भव रहेको समेत बताए । नेपाली कांग्रेससँगको गठबन्धन दीकर्घकालिन बनाउने उनले स्पष्ट गरे । मुलुकको हितका लागि काँग्रेससँगको गठबन्धन लम्ब्याउन जरुरी रहेको जिकिर उनको थियो ।

फरक प्रसंगमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधान संशोधनका विषयमा दिएको अभिव्यक्तिको बचाउ गर्दै संविधान संशोधनविरुद्ध कोही पनि जान नहुने उल्लेख गरे ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.