राजनीति

प्रचण्डको खुलासा : ‘विप्लव नेकपा प्रवेश गर्नेछन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव पनि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने बताएका छन् ।

विप्लव नेतृत्वमा रहेका केही युवालाई मंगलबार काठमाण्डुमा नेकपा प्रवेश गराउँदै प्रचण्डले युवाहरूले उपर्युक्त निर्णय लिएको बताए ।


‘तपाईंहरूले ठीक समयमा ठीक निर्णय गर्नुभएको छ तपाईंहरूको अनुभव, क्षमता र सक्रियताअनुसार जिम्मेवारी दिने कुरामा हामी कमी गर्ने छैनौं,’ प्रचण्डले भने, ‘ढुक्क हुनुस् कुनै डर लिनुपर्ने अवस्था छैन् । तपाईंहरूको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी मेरो हुन्छ ।’

उनले विप्लव पनि ढिलोचाँडो आफ्नो पार्टीमा प्रवेश गर्नुको विकल्प नभएको बताए । ‘केही समयपछि विप्लव पनि यसरी नै आउनुपर्छ अरु कुनै विकल्प छैन,’ उनले भने ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.