राजनीति

नागरिकता संशोधन विधेयक: सरकार राष्ट्रघातमा उत्रिएको आरोप

नागरिकता संशोधनसम्बन्धी विधेयक फिर्ता गर्न माग गर्दै साना वाम पार्टीहरुले सोमबार राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा मालेलगायत सम्मिलित नागरिकता विधेयकविरुद्ध संघर्ष समन्वय समितिले नयाँबानेश्वरमा विरोध प्रदर्शन गरेको हो ।

त्यसक्रममा उनीहरुले गएको चैत १९ गते गृह मन्त्रालयले जन्मसिद्ध नागिरकका सन्तानलाई वंशजको नागरिकता दिनका लागि जारी गरेको परिपत्र जलाइएको थियो ।

त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीयहरुलाई नेपालको राष्ट्रपति, प्रधानन्यायाधीश र प्रधानसेनापति बनाउन नागरिकता विधेयक ल्याइएको भन्दै दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकार झन् ठूलो राष्ट्रघातमा उत्रिएको आरोप लगाए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.