राजनीति

राजेन्द्र महताेकाे प्रश्न : भाङ खाएर नीति कार्यक्रम लेखेको हो ?

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले नीति कार्यक्रममा लेखिएको संविधान सर्वस्वीकार्य भन्ने शब्द परिमार्जन गर्न आग्रह गर्नुभएको छ ।

सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले संविधान नागरिकको माग अनुसार अझै संशोधन नभएकाले संशोधन गरेर सबैको सर्वस्वीकार्य गराउनुपर्ने आवश्यक रहेको पनि बताउनुभयो ।

नीति तथा कार्यक्रमको बुदा नम्वर ७ को अन्तिम वाक्य संविधानलाई सर्वस्वीकार्य र पूर्णता दिन नागरिकको भावना अनुसार संशोधन गरिने छ भन्ने शब्दावली राखेर संशोधन गर्न पनि प्रस्ताव गर्नुभयो ।

आफूहरुले पटक पटक संविधान संशोधन गर्न आवाज उठाउँदै आएको र सरकारमै सहभागिहरुले संशोधनको आश्वासन दिएकाले संशोधन नै नहुँदै सर्वस्वीकार्य भएको भनेर दावी गरिनुले आफूहरुलाई सशंकित बनाएको बताउनुभयो । ‘नीति कार्यक्रम भाङ खाएर लेखेको हो र ? त्यो त नहुनु पर्ने, तर त्यस्तै पो भयो,’ उहाँले भन्नुभयो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.