राजनीति

नेकपा भातृ संगठन भागबण्डा : अखिलमा महर, युवामा सापकोटा

सत्तारुढ नेकपाले भातृ संगठनहरुको नेतृत्व टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले भातृ संस्थाको भागबण्डा र नेतृत्वको टुंगो लगाएको हो ।

युवा संघको नेतृत्व पूर्वमाओवादी र अखिलको नेतृत्व पूर्वएमालेले लिएका छन् । जसअनुसार युवासंघ संयोजकमा तत्कालीन माओवादीको वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा र अखिल अध्यक्षमा ऐन महर छानिएका छन् । महर यसअघि एमाले अखिलका महासचिव थिए ।

अखिलको अध्यक्षमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र युवा संघ नेतृत्वमा युवासंघ अध्यक्ष रमेश पौडेलको दाबी थियो । यस्तै महिला संघ अध्यक्षमा पूर्वमाओवादीकी अमृता थापा र पत्रकारको नेतृत्व पूर्वमाओवादीका महेश्वर दाहालले पाएका छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.