राजनीति

राष्ट्रपतिद्धारा राहदानी सम्बन्धी विधेयक फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी सम्बन्धी विधेयकलाई सच्याउन भन्दै फिर्ता गर्नुभएको छ ।


प्रतिनिधिसभाले पारित गरी प्रमाणीकरणका लागि पठाएको राहदानी विधेयक सच्याउन भन्दै फिर्ता गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा नेपालको संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम पुनर्विचार हुन आज मिति २०७६ साल जेठ ८ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ ।’

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.