राजनीति

‘भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छ’ : प्रदीप गिरि

नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाइदिने’ चेतावनी दिएका छन्।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गत अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले नेपालको सिमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौता लगायत बारेमा छलफपल भइरहँदा समिति सदस्य गिरीले यस्तो बताएका हुन् । उनले भने, ‘भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिन सक्छ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै उहाँले नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गरे।

उनले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुनेतर्फ सचेत बनि समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराए। नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थतालाई समयमै आत्मसाथ गरि पहलकदमी गर्न उनले आग्रह गरे।

उनले भने, ‘विपक्षमा रहेर कहिलेकाहिँ न त्यस्ता पनि मागलाई उठाउनु हुँदैन । जो सत्ता पक्षमा गएर कार्यान्वयन गराउन नसकियोस् । कुटनीति भनेको चुनाव लड्न गर्ने भाषण होइन । सबैभन्दा ठूलो विफलता कुटनीतिक विफलता हो । हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ । भुटान बनाउँछ । तथ्य हो यो ।’

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.