राजनीति

प्रचण्डले भने:’कांग्रेससंग फेरि सहकार्य हुनसक्छ’

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग फेरि सहकार्य हुनसक्ने बताएका छन् ।

कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका अध्यक्ष प्रचण्डले विगतमा पनि कांग्रेससँग सहकार्य भएको भन्दै अब पनि हुनसक्ने औल्याए ।

उनले भने, ‘कांग्रेसको कार्यक्रममा आउँदा आफ्नै पार्टीको कार्यक्रम जस्तो लाग्छ । विगत १२ बुँदे समझदारीदेखि शान्तिप्रक्रियामा आउँदा र सरकार चलाउँदा धेरै पटक सहकार्य भएको छ । निकट भविष्यमा पनि सहकार्य हुनसक्छ ।’

उनले राजनीतिक अवस्था कता जाने हो त्यो अनुसार अघि बढ्ने भन्दै भने, ‘हेर्दै जाउँ राजनीतिले कतातिर कोल्टे फेर्छ । त्यो अनुसार अघि बढ्नुपर्छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.