ताजा समाचार राजनीति

जमीनको उत्पादकत्व वृद्धिले समृद्धि आउँछ : मन्त्री अर्याल

नेपाल सरकारका जलस्रोत तथा ऊर्जामन्त्री वर्षमान पुनले अब नयाँ पुस्ताले पुर्खाको पहिचान नमासिने गरी संस्कारमा परिमार्जन ल्याउनुपर्ने बताउनुभएको छ । मगर भाषा साहित्य प्रतिष्ठान दाङले आज घोराहीमा आयोजना गरेको मगर वेषभूषा प्रतियोगिता कार्यक्रमको उद्घाटन गर्दै उहाँले इतिहासमा रहेका केही विकृतिलाई मासेर पहिचान नमेटिने गरी पुर्खाले मान्दै आएको संस्कारलाई आधुनिकता तरिकाले अगाडि बढाउन पनि सकिने बताउनुभयो ।

नेपालमा बस्ने सबै जातजातिमा रहेको कला, संस्कृति, चाडपर्वलाई अन्य जातिले पनि एकापसमा अपनत्व लिनुपर्ने बताउनुभयो । सबै जातिभित्र रहेको संस्कार भनेको समग्र देशको पहिचान भएको हुँदा सबै जातिले त्यसलाई सम्मान गरी अध्ययन, अनुसन्धान गर्न आग्रह गर्नुभयो ।

सरकारले विद्युतीकरणको कार्यलाई तीव्र गतिमा अगाडि बढाएको जानकारी दिँदै उर्जामन्त्री पुनले पहिलो चरणमा मुलकका ४० जिल्लालाई विद्युतीकरण गर्ने कार्य अगाडि बढाएको बताउनुभयो । “नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउने सरकारको तयारी छ । हामीले पहिलो चरणमा यसै वर्ष दाङसहित मुलकका ४० जिल्लालाई विद्युतीकरण गर्ने कार्य अगाडि बढाएका छौँ”, उर्जामन्त्री पुनले भन्नुभयो, ‘‘यो उक्त तयारीमा सरकार लागि परेको छ ।”

धनगढी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जमीनको अधिकतम उपयोग गरी उत्पादकत्व वृद्धि गर्न सकिएमा देशमा आर्थिक समृद्धि आउने बताएकी छिन् ।

आज यहाँ आयोजित मन्त्रालयअन्तर्गत भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयको आर्थिक वर्ष २०७५÷७६ को प्रगति समीक्षा गोष्ठीमा उनले भनिन् “समृद्ध नेपाल निर्माणका लागि भूमि व्यवस्थापन पहिलो सर्त हो ।”

मन्त्री अर्यालले भूमिको व्यवस्थापन गर्दै यससँग जोडिएका निम्नस्तरका जनतालाई सामाजिक न्याय प्रदान गर्नका लागि भूउपयोग ऐनको आठौँ संशोधन गरिएको स्पष्ट पार्दै ऐनको संशोधनमार्फत भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान हुने बताइन् ।

उनले कर्मचारीले कुनै दलको पक्षधर नभएर राष्ट्रवादी र जनताको पक्षधर भएर काम गर्न निर्देशन पनि दिइन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.