ताजा समाचार राजनीति

कोरोना कोषमा कांग्रेसको तर्फबाट ५० लाख उपलब्ध गराइने

काठमाडौं, ११ चैत । सरकारले खडा गरेको कोरोना कोषलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ५० लाख रुपैयाँ दिने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजालमार्फत यसको जानकारी दिएका हुन् ।

शर्माले ट्वीट गर्दै भनेका छन्,‘कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा नेपाली कांग्रेस पार्टीका तर्फबाट एकमुष्ट ५० लाख जम्मा गर्ने निर्णय भएको सबैलाई जानकारी गराउँदछु ।’

यसैगरी कांग्रेसका सांसदहरूले १५ दिनको पारिश्रमिक दिने भएका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार विज्ञप्ति निकालेर पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको उल्लेख गरेका छन् ।

‘संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदले १५ दिन बराबरको रकम कोषमा उपलब्ध गराउने’ खाँणले निकालेको विज्ञप्तिमा भनिएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.