आजको राशिफल

राशिफल – २०७३ कार्तिक ०६ गते शनिबार – २०१६ अक्टोबर २२ तारिख

वि.सं. २०७३ कार्तिक ०६ गते शनिबार तदनुसार ई. सं. २०१६ अक्टोबर २२ तारिख
कार्तिक कृष्णपक्षको सप्तमी तिथि, बेलुका ०७:०६ बजेसम्म, त्यसपछि अष्टमी तिथि
पुनर्वसु नक्षत्र, मध्यरात्रीपछि ०२:४३ बजेसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र,
भोलिको चन्द्रमा मिथुन राशिमा, बेलुका ०८:५५ बजेसम्म, त्यसपछि कर्कट राशिमा,
शिव योग, बिहान ०७:२१ बजेसम्म, त्यसपछि सिद्धि योग,
सुरुमा विष्टि (भद्रा) करण बिहान ०७:५० बजेसम्म, त्यसपछि बब करण बेलुका ०७:०६ बजेसम्म, अन्तिममा बालब करण,
चाडपर्व र उत्सव : त्रिपुष्कर योग बेलुका ७ बजेर २ मिनेटसम्म,
मूहुर्त : द्रव्यप्रयोग वा लगानी,
राहुकाल, यमघण्ट र गुलिककाल :
राहुकाल : बिहान ०८:५८ देखि १०:२३ सम्म
यमघण्ट काल : दिउँसो ०१:१२ देखि ०२:३७ सम्म
गुलिककाल : बिहान ०६:०८ देखि ०७:३३ सम्म
बारबेला :
काल वारवेला : बिहान ०६:०८ देखि ०७:३३ सम्म, साँझ ०४:०२ देखि ०७:०१ सम्म र मध्यरात्रीपछि ०४:३३ देखि ०६:०८ सम्म
लाभ वारवेला : दिउँसो ०१:१२ देखि ०२:३७ सम्म र बेलुका ०७:०१ देखि ०८:३७ सम्म
उद्वेग वारवेला : बिहान १०:२३ देखि ११:४७ सम्म र बेलुका ०८:३७ देखि १०:१२ सम्म
शुभ वारवेला : बिहान ०७:३३ देखि ०८:५८ सम्म र बेलुका १०:१२ देखि ११:४७ सम्म
अमृत वारवेला : दिउँसो ०२:३७ देखि ०४:०१ सम्म र मध्यरात्रीपूर्व ११:४७ देखि ०१:२३ सम्म
चर वारवेला : दिउँसो ११:४७ देखि ०१:१२ सम्म र मध्यरात्रीपछि ०१:२३ देखि ०२:५८ सम्म
रोग वारवेला : बिहान ०८:५८ देखि १०:२३ सम्म र मध्यरात्रीपछि ०२:५८ देखि ०४:३३ सम्म

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कडा मिहिनेतपछि अन्त्यमा सफलता मिल्नेछ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्न उत्ति राम्रो देखिंदैन, किनभने तृतीय भावमा रहेको कमजोर चन्द्रमाको प्रभावले मित्रवर्ग र साथीभाइले तपाईंको काममा साथ दिन सक्दैनन् । कुनै काममा अरुको आशा नगरेको जाति हुन्छ । बन्दव्यापारमा सामान्यतया राम्रै छ । परोपकार र धार्मिक क्षेत्रमा खट्नु पर्ने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्ेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफ्नै राशिमा चन्द्रमा रहेकाले सामान्यतया आजको दिन राम्रै दिन हुनेछ । तर आत्म–विश्वासमा कमी आउने छ । नियमित भोजनको समेत अनुकूलता हुँदैन । रातीअबेर धनभावमा चन्द्रमाको प्रवेश हुनाले मन पर्ने वस्त्र, अलङ्कार आदि खरिद गर्न धनको जोहो हुनसक्छ । आर्थिक कारोबारमा शुभ सङ्केत पाउन सकिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
राशिमा चन्द्रमाले प्रवेश गर्ने भएकाले साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा छैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मातापिताको चाहना र सेवासुश्रुषाप्रति समर्पित हुने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थितिमा देखिएको खराबीले चिन्तित तुल्याउन सक्छ । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । झिनामसिना घरायसी काममा आजको समय व्यतीत हुनेछ । पापमतितर्फ आकर्षण तथा परोपकार र धार्मिक भावनामा विकर्षण बढ्नाले कर्मनाश हुनसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक/सामाजिक क्षेत्रमा समय दिन सकिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
चन्द्रमा अनिष्ट भएकाले महत्वपूर्ण कार्य गर्नु छ भने गोप्य राखेमा मात्र सफलता मिल्नेछ । मनमा जोस, जाँगर, उत्साह र उमङ्गमा कमी हुने छैन । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन । बन्दव्यापारमा ध्यान पुर्याउन नसक्दा नोक्सानीको सम्भावना पनि छ । मनोरञ्जन, खेलवाड र बेकारका कुरामा अल्मलिएर समय व्यतीत हुनेछ । प्रणय सम्बन्धमा चिसोपन देखिन्छ । सन्तति वा भाइबहिनीका समस्यामा घोरिनु पर्ने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँगको छलफलबाट लाभ हुने सम्भावना छ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको राम्रो योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले मनोरञ्जनका क्षेत्रमा खर्च गर्ने सम्भावना छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.