आजको राशिफल

आजको राशिफल : २०७६ वैशाख १३ गते

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । पैतृकसम्पत्तिमा विवाद बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) श्रमदान गर्ने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । प्रेममा मतभेद बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यमा अवरोध आउला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । कतैकतै झै–झमेलाको अवस्था आउला । अधिक धन खर्चपनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरूलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भावपनि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) इनाम र प्रतिष्ठा कमाउने बेलाछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । कला र गलाको प्रभाव बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ । –

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.