साहित्य

प्रगतिशील साहित्य पुरस्कार शर्मालाई

 

तुलसीपुर (दाङ), ४ पुस । प्रगतिशील लेखक सङ्घ नेपाल दाङ शाखाले यस वर्षको प्रगतिशील साहित्य पुरस्कार अग्रज साहित्यकार गिरीराज शर्मालाई प्रदान गरेको छ । सङ्घको २२औँ स्थापना दिवसको अवसरमा बिहीबार घोराहीमा आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै, प्रलेस दाङ शाखामा स्थापित चिन्तामणि–जमुना साहित्य पुरस्कार साहित्यकार अमर गिरीलाई, अनन्त–टीका प्रतिभा पुरस्कार साहित्यकार नवीन विभासलाई, गोविन्द चिस सर्जक पुरस्कार साहित्यकार भानु जिएमलाई र गोविन्द ज्ञवाली साहित्य पुरस्कार साहित्यकार आस्था केसीलाई प्रदान गरिएको छ । त्यस्तै, प्रलेस सम्मान–२०७१ अग्रज साहित्यकार पत्रकार टीकाराम रेग्मीलाई प्रदान गरिएको छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा र प्रलेस नेपालका केन्द्रीय उपाध्यक्ष हीरामणि दुःखी र शशिधर भण्डारीले अबिर माल्यार्पण र प्रमाण–पत्र प्रदान गरी पुरस्कृत गर्नुभएको थियो ।

सो अवसरमा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले प्रगतिवादी कला साहित्यले समाज रुपान्तरणमा अपेक्षाकृत प्रगति नभएको भन्दै प्रगतिशील अभियन्ताहरूको आदर्श र जीवन व्यवहारमा तादात्म्यता मिलाउन जरुरी रहेको बताउनुभयो । रासस

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.