साहित्य

अामा

13667871_1101802656534346_639309494049964537_o

आमा हुन भगवान हाम्री यो जिन्दगी दिने
प्रसवको पिडा सही आफ्नो काखमा लिने
दश महिना कोखमा पाली दशधारा दूध दिने
आमा नै हुन हामी हॉस्दा खुब आनन्द लिने

हाम्रो लागी आफ्ना दुःख हाँसी हाँसी पिउने
आमा नै हुन संतानको खुशीको लाई जीउने
सानो छँदा हाम्रो लागी राम्ररी नसुत्ने
नानी रुदा एक्कै छिनमा झल्यास्स भै उठ्ने

खान दिन्छिन लाउन दिन्छिन जसरी तसरी
भन्नै गारो आमा हजुर पाल्दछिन कसरी
त्याग तपस्या बलिदानकी आमा देवी हाम्रो
माया दिने ममता दिने स्याहार गर्ने राम्रो

आमाको दुःख कष्टहरु कँहा गन्न सक्छौँ
के कति बलिदान दियो कँहा भन्न सक्छौँ
तर पनी त्याग तपस्या हामीले बुझ्नुपर्छ
आमाको चरणमा सधै यो शीर झुक्नुपर्छ

आमा हुन भगवान हाम्रो आमा देवी पनी
सके जति सेवा गर्ने हाम्ले ख़ुशी बनी
राम्रो गर्ने स्याहार सुसार बोल्ने मिठो बोली
सेवा लाउने माया दिने यो ह्रदय खोली

दश धारा दुधको कर्जा तिर्न सक्छ कस्ले
तर पनी मुक्ति पाँउछ कोसिस गर्छ जस्ले
सेवा गर्छ सके जती मन मन्दिरमा बसाई
दुधको ऋण पूरा हुन्छ जस्ले राख्छ हँसाई

सोचेको थिए के कुरा मैले ऐले यो के भयो
मुटुमा मेरो चोट लाग्यो ठूलो जसरी जे भयो
कल्पना सम्म गरेको थिईन यो दिननी आइदेला
मनको शान्ति मुहारको कान्ती दुखले खाइदेला

आत्मामा चोट जीवनमा खोट लाएर गैगयो
मनको इच्छा देखेको सपना अधुरो रैगयो
मुटुमा माया मनमा श्रद्धा पालेर बसेको
समस्या परी कर्मले हारी परदेशमा फसेको

सोचेको जस्तो मानेको जस्तो आज त भएन
न हाँस्न सक्छु न रुन सक्छु केही भन्नु रहेन
के कमी थियो श्रद्धामा मेरो बेवास्था गरे झैँ
ठान्दैछु मैले आफुलाइ ऐले म ज्यूदै मरे झैँ