साहित्य

देशमा आज ! – शकुन्तला धिमाल खतिवडा

shakuntala-k

सबैलाई ठुलै ओहदा चाहिए, बिना औकात नेतृत्व गराइए

आजकल  नेता प्रशस्त पाइए , केहीका हातमा देश थमाइए ।

 

सानो यो देशमा हारालुछ गरिए , पदमा रहदा बिदेश चहारिए
राष्ट्रको ढुकुटी रित्तो नै पारिए , छोटै समयमा नेतृत्व सारिए ।

सभा सेमिनार बेफ्वांकमा गरिए, होटल रेष्टुरां प्रशस्तै भरिए
निमुखा जनताको पेट मारिए, नेताजी सबैका भुँडी भरिए ।।

 

निमुखा किसानका खेती लुटिए , निर्दोष जनता अकारण कुटिए
अकाल मै ताता गोलिमा भुटिए , राजनीतिका नाममा सोझा धुतिए ।

ममतामयीका मुटु नै चुंडिए, सृष्टिकर्ताका हृदय नै कुंडिए
अनाथ चेलीका सिन्दुर पुछिए , अवोध वालकका भविश्य लुछिए ।।

 

ईतिहास बोकेका महल भत्किए , गल्ती बिना नै जनता लत्किए
अन्यायको मारमा सबै तड्पिए , आफन्तजनहरु सबै भड्किए ।

सोझा जनता युध्दमा सारिए , सग्लो जिन्दगी अपाङ्ग पारिए
चुसिने जति सबै कालू भैदिए , चुस्नेहरु जति सबै ठालू भैदिए ।।

 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.