साहित्य

नेपालका हाम्रा विभूति राजा जनक र ऋषि अष्टाबक्र

nisha-aryalकृष्ण गीताका पात्र हुन कृष्ण र अर्जुन । अष्टाबक्र गीताका पात्र हुन राजा जनक र ऋषि अष्टाबक्र । कृष्णको गीताको उद्भव कुरूक्षेत्रको युद्ध भूमिमा भएको थियो भने अष्टाबक्रको गीताको उद्भव जनकपुर राजा जनकको दरवारमा बुझ्नु पर्ने कुरा यी दुबै नेपाली हुन र हाम्रा बिभूति ।

बयोबृद्ध राजा जनक, बालक अष्टाबक्र लाई सोध्दछन् – हे प्रभु,

ज्ञानको प्राप्ति कसरी हुन्छ ?
मुक्ति कसरी प्राप्त हुन्छ ?
बैराग्य कसरी प्राप्त गरिन्छ ?
यी सबै मलाई मर्ज़ी होस न ।

कथं ज्ञानमवाप्नोति , कथं मुक्तिर्भविष्यति ।
वैराग्य च कथं प्राप्तमेतद ब्रह्म मम प्रभो ।। १ – १ ।।

ज्ञान कसरी प्राप्त हुन्छ प्रभू ? मुक्ति कसरी हुन्छ ? र बैराग्य कसरी प्राप्त हुन्छ ? यी तीन शाश्वत प्रश्न हुन जुन हर कालमा आत्मानुसंधानिहरू द्वारा सोधिदै आएका थिए । राजा जनकले पनि ऋषि अष्टाबक्रलाई यी नै प्रश्न सोधेका थिए । ऋषि अष्टाबक्रका यी नै ती प्रश्नहरूको समधान राजा जनकले संवादको रूपमा गरेकोले यसलाई अष्टाबक्र गीता भनियो । आत्मज्ञानको सिधा र सरल वक्तव्य निक्कै रोचक यी सूत्र ज्ञानोपलब्धि, ज्ञानीका सूत्र हुन । स्वयंलाई मात्र चिन्नु छ -ज्ञानार्थी हुनु छ बस कुनै आडम्बर छैन, आयोजन छैन, यातना छैन, यत्न छैन, बस यति मात्र छ यस कारण यी सूत्रहरूको एउटामात्र व्याख्या हुन सक्छ । मत मतान्तरको कुनै झमेला छैन, पाण्डित्य छैन, अध्यात्मिक ग्रन्थहरूमा भागवत् गीता, उपनिषद र ब्रह्मसूत्रका जस्ता अष्टाबक्र गीता अमृत ग्रन्थ लाग्यो ।

भागवत् गीताको जस्तो यसको निरन्तर अध्ययन मात्रले बोधिसत्व उपलब्ध हुने रहेछ । यस ग्रन्थमा ज्ञान, बैराग्य, समुन्नति र बुद्धत्व प्राप्त योनीको दशा सविस्तार वर्णन गरिएको यो विश्व धरोहर रहेछ जसमा समस्त भ्रमहरूको निवारण हुने गर्दछ । थोरै अध्ययन गर्दा पनि मेरो मनभित्र यस्ता भाव तरंगित भएँ जसलाई मैले कविता मार्फत प्रसुतुत गरे |

ज्वालामुखि विहग मन यो विश्व व्रम्हाण्ड हेर्दै ।
शान्तिकामी भ्रमित बटुवा तुल्य सङ्ज्ञान भर्दै ।
बाँच्ने आशातीत भय बने दैव दूर्भाग्य ठानी ।
वस्छु भावातीत प्रकृति हो शून्य शोपान जानी ॥

सानो वाटो घनवनमहाँ एक्लो यात्री साँझ ।
घेरा वन्छन् घनजनहरु जीवकै श्रृष्टि माझ ।
आफ्नो बाटो दुख र शुखको सङ्गति को हुने र ।
साँच्चै माटो शरीर अरुको हुन्छ के के सुनेर ॥

नाता मात्रै प्रकृति सितको शुद्ध हो सत्य ज्ञान ।
त्यस्तै नाता जीव र इशको एक सूत्रै समान ।
यात्रा भित्रै मन विटुलिये लक्षदृष्टी नफ्याकी ।
पस्ने भावातीत प्रवृतिमा साधना क्यै नत्यागी ॥

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.