साहित्य

साहित्यिक चौतारी नेपालले अब इजरायलमा पनि साहित्यिक कार्यक्रम तथा २०४ औ भानु जयन्ति मनाउदै

महेश नेपाल, इजरायल । नेपाली साहित्यको विकास र विस्तारमा अनवरत क्रियाशील संस्था साहित्यिक चौतारी नेपालले अब इजरायलमा पनि २०४ औ भानु जयन्ति को अबशरमा “दीप प्रज्वलन स्रष्टा भेटघाट तथा सृजना वाचन कार्यक्रम” आयोजना गर्ने भएको छ ।

बिगत लामो समय देखि नेपाल, मलेसिया, लगायतका बिभिन्न देशमा साहित्यिक चौतारी नेपालले साहित्यिक कार्यक्रम गर्दै आएको र अब इजरायलमा पनि नेपाली भाषा ,साहित्य र नेपाली सस्कृतिको जगेर्ना गर्ने उद्देश्य लिएर विगत केही समय देखि विश्व भरी छरिएर रहनु भएका नेपालीसर्जकहरुको एउटा छुट्टै संस्थाको रुपमा परिचित ‘साहित्यिक चौतारी नेपाल ‘ | नेपाली भाषा ,साहित्य र नेपाली सस्कृतिको जगेर्ना गर्ने उद्देश्य लिएर सुरु भएको यो अभियान यसै वर्ष देखि इजरायलमा भानु जयन्तिको मनाउदै चाडैनै शाखा बिस्तार अभियानगर्दैछ |

इजरायलको तेलअविभमा अाउँदो अाषाढ ३० गते जुलाई १४ तारिक साझ ८ :०० बजे दीप प्रज्वलन स्रष्टा भेटघाट तथा सृजना वाचन कार्यक्रम” आयोजना हुने भएको छ |इजरायलमा साहित्यिक चौतारी नेपालले नेपाल सरकारबाट मान्यता प्राप्त भइसकेपछि यो पहिलो कार्यक्रम इजरायलमा हुने भएकोले इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनीहरु, पत्रकार,बिभिन्न संघसंस्थाका प्रतिनिधिज्युहरुलाई खुल्ला पत्रबाट कार्यक्रममा उपस्थिति जनाई उक्त साहित्यिक कार्यक्रमको शोभा बढाइदिनु हुन साहित्यिक चौतारी नेपाल परिवारले निमन्त्रणा समेत गरेको कुरा साहित्यिक चौतारी नेपाल अध्यक्ष सन्दिप संग्रौला ‘दिलदुखी’ जानकारी गराउनु भयो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.