अमेरिका कोलोराडो साहित्य

ज्ञानेन्द्र गदालको “अदृश्य एउटा युद्ध” यूट्यूबमा सार्वजनिक

कोलोराडो । मातृ भुमी नेपाल लगायत विश्वको दुईसय भन्दा बढी देशमा महामारीका् रुपमा फैलिएको कोरना भाईरस बारे जनचेतना बढाउने उद्धेश्यले रचना गरिएको सन्देश मुलक गीत “अदृश्य एउटा युद्ध” रिलिज भएको छ  ।

“यो कस्तो खतराको प्रहर आयो,  धर्ती र हावामा जहर पलायो,  सर्बत्र चर्चा छ मर्ने कुराको , सबको आँखामा अँध्यारो छायो“ जस्ता शब्दहरू कुदिएको उक्त गीत साहित्यकार ज्ञानेन्द्र गदाले चरना गरेका हुन् । राज सागरको स्वर तथा संगीतमा र राहुल विश्वकर्माको संगित संयाजनमा तयार पारिएको गीतमा बर्तमान विश्वको अवस्था चित्रण गर्न खजिएको छ ।

दाश्राे विश्वयूध्द पछिकै सबैभन्दा ठुलाे संन्त्रास दिन प्रतिदिन संसारभर फैलदै गएकाे छ । यस्ताे अवस्थामा उनले लेखेका छन:

कोही देखिंदैनन् जीवन बचाउने, कोहि भेटिंदैनन् मनलाई हँसाउने, भयो हाल कस्तो जगतको आज, गर्यो छट्पटिले मन भित्र राज

विगत केहि बर्ष अगाडी देखि कोलोराडो बसेबास गर्दै आएका गीतकार ज्ञानेन्द्र गदालले यस्ता समसामहिक गीत लगायत सय गीतहरू रचना गरिसकेका छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.