समाज

एनआरएनए को क्षेत्रीय सम्मेलनको अमेरिकामा हुने

मार्च ३०, २०१६ अमेरिका

हरेक दुई-दुई बर्षमा फरक फरक क्षेत्रमा हुने गैर-आवासिय नेपाली संघको क्षेत्रीय सम्मेलन यो पटक अमेरिकामा हुने भएको छ । एनआरएन आइसिसीको बैठकद्वारा अगस्ट २७-२८, २०१६ मा अमेरिकामा गर्ने निर्णय गरे पछि उत्तर अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामा र क्षेत्रिय उपसंयोजक एसी शेर्पाले कार्यक्रम सफल बनाउन बिभिन्न स्तरमा छलफल गर्नु भएको छ ।

एनआरएनले आफ्नो मिनी बिश्व सम्मेलनको रुपमा लिइने यस्ता सम्मेलनमा अध्यक्षले नै अध्यक्षता गर्ने गरिएको छ भने बिश्वभरिबाट एनआरएनहरुको सहभागीताहुने गर्दछ । हरेक क्षेत्रको गतिबिधी, केही नितीगत कुरा र संस्थागत अरु कुरा पनि हुने गर्दछन क्षेत्रीय सम्मेलनमा ।

क्षेत्रीय संयोजक लामाले कार्यक्रम गरिने ठाउँं न्यूजर्सी या न्युयोर्कमा गर्ने सहमति भैसकेको र होटलको टुङो लाग्ने बितिक्कै सबैलाई जानकारी गराइने बताउनु भएको छ । तर पनि सम्पूर्ण एनआरएनहरुलाई आगामी अगस्ट २७ र २८, २०१६ मा कार्यक्रममा सहभागी हुन आ-आफ्नो तयारी गर्न अनुरोध गर्नु भएको छ ।

तेसैगरी क्षेत्रीय उपसंयोजक एसी शेर्पाले कार्यक्रम सफलताका लागि गरिने बिभिन्न तयारी सुरु गरिएको र छिट्टै अन्तिम स्वरुप आउने बताउनु भएको छ । कार्यक्रमको स्वरुप बारे छोटो जानकारी दिंदै उपसंयोजक शेर्पाले भन्नु भयो अरु क्षेत्रीय सम्मेलन जस्तै नै हो तर  केही नयाँ दिन सकिन्छ कि भन्ने प्रयासमा छौं ।

कार्यक्रमबारे एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले कार्यक्रम अमेरिकामा गर्ने निर्णय प्रति आइसिसी लाई धन्यवाद दिंदै यो अहोभाग्य लाई सफल बनाउन आफ्नो टिमले पूर्ण रुपमा लागि पर्ने बताउनु भयो । उपयुक्त ठाउँ कुन हुन्छ भनेर धेरै छलफल पनि गरिएको हो तर सबै भन्दा राम्रो न्युयोर्क र आसपास नै हुने देखिएकोले सोही अनुरुप तयारी गरिदै गरिएको बताउनु भएको छ ।

आगामी हप्ता एनआरएन क्यानाडा गतिबिधीबारे बिशेष हुनेछ । कार्यक्रमको बाँकी अप्डेट नियमित रुपमा गर्ने जानकारी गराउँदै धन्यवाद सहित

कृष्ण के.सी

रिजनल मिडिया कोअर्डिनेटर

उत्तर अमेरिका

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.