समाज

चट्याङ लागेर एकको मृत्यु

इनरुवा, १८ जेठ । सुनसरीमा आज साँझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर नरसिंह–७ बस्ने २७ वर्षका फटी मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।