समाज

रूखबाट लडेर बालकको मृत्यु

धनकुटा, १८ जेठ । धनकुटाको चानुवा गाविसमा रूखबाट लडेर आज एक बालकको मृत्यु भएको छ ।

बाख्राका लागि आफ्नै बारीमा रहेको पट्मेरोको घाँस काट्दै गर्दा रूखबाट लडेर चानुवा–६ का १३ वर्षीय रेसन चापागाईंको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

उनको शव परीक्षणका लागि धनकुटा जिल्ला अस्पतालमा राखिएको छ ।