समाज

बजेट घटेकामा शिक्षकको चिन्ता

काठमाडौँ, १८ जेठ । नेकपा माओवादी निकट अखिल नेपाल शिक्षक सङ्गठनले शिक्षाको बजेट घटेकामा चिन्ता व्यक्त गरेको छ ।

राज्य शिक्षाको दायित्वबाट पन्छिन नमिल्ने भन्दै सङ्गठनले विगतमा शिक्षकसँग भएका सहमतिको कार्यान्वयनमा जोड दिएको छ । संसद्मा गत शनिबार अर्थमन्त्रीबाट प्रस्तुत बजेटमा शिक्षा क्षेत्रका लागि ११ दशमलव ७ प्रतिशत विनियोजन गरिएको छ ।

सङ्गठनका अध्यक्ष लालबहादुर बिसी र महासचिव गोपाल पाण्डेले विज्ञप्ति जारी गरी विगतमा अस्थायी शिक्षक विद्यालय कर्मचारी, राहत, बालविकासका शिक्षकसँग भएका सम्झौतानुसार बजेट संशोधन गरी शिक्षक र विद्यालय कर्मचारीका पेसागत र शैक्षिक समस्या समाधन गर्न माग गर्नुभएको छ ।