समाज

सहारा एकेडेमी अक्षयकोषमा सहयोग

Sahaar Clubपोखरा,  भदौ १० गते  । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा एकेडेमी अक्षयकोषमा सहारा (बेलायत) की सदस्य धनु थकालीले बिहीबार रु एक लाख एक सहयोग गर्नुभएको छ ।

सोही संस्थाका अर्का सदस्य ओम गुरुङले १३ थान जर्सी प्रदान गर्नुभएको छ । उहाँहरुले क्लबका महासचिव केशव बराललाई नगद र जिन्सी सामान हस्तान्तरण गर्नुभएको थियो । क्लबले अधिराज्यका असहाय, गरिब र द्वन्द्वपीडित बालक ल्याएर निःशुल्करुपमा खानलाउन र शिक्षाको सुविधा दिँदै आएको छ ।

पोखरा उपमहानगरपालिका– १७ दोविल्लामा रहेको सोे सहारा एकेडेमीमा क्लबले रु दुई करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको छ । अक्षयकोषमा सहयोगदाताबाट सहयोग आउनेक्रम जारी रहेको महासचिव बरालले बताउनुभयो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.