समाज

अवसर अन्तरको बन्द तालिम सम्पन्न

अमेरिकाको कोलोराडोमा रहेको राइज कोलोराडो र भूटानी समुदायको आयोजनामा अवसर अन्तरको बन्द तालिम संचालन भएको छ ।

अवसर बन्द भनेको के हो ? कसरी नेपाली समुदाय सगै आइ विधार्थी कलेज जाने बाटोमा रहेका व्यवधानलाई निराकरण गर्न सक्दछन ? अभिभावकको स्थानबाट त्यसलाई बन्द वा अन्त्य गर्न के गर्न सक्दछन अनि अमेरिकामा नेपाली विधार्थीहरुलाई पढाईमा आएको चुनौतीहरुलाई समाधान गर्ने  भन्ने विषयमा धेरै  छलफल  भएको थियो ।

SONY DSC

सेप्टेम्बर १० तारिक शनिबार बिहानको १० बजे  देखि सुरु भएकमो तालिममा २५ जना नेपालीहरुको सहाभागी भएको थियो ।  १५२० ग्यलेना अरोरा कोलोराडोमा आयोजना भएको तालिममा सहभागीहरुमध्ये एक सहभागी तुल चौहानले भाग्यशाली पुरस्कार पाएका थिए ।

तालिममा सहभागी सबै सहभागीहरुलाई  निशुल्क जलपानको व्यवास्था आयोजकले गरेको थियो छ ।

 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.