समाज

संबिधानको अक्षरश पालनाको चाहाना – संखुवा सभा कम्युनिटी अफ यु एस ए

संबिधानको अक्षरश पालनाको चाहाना

sankhuwasabha_communityof-usaनेपाली जनताले लामो प्रयास पछि आफ्नो मताधिकारबाट बनाएको संबिधान सभाबाट बनाईएको संबिधान हामीले पाएका छौं । गत बर्ष आजकै दिन असोज ३ गते घोषणा गरिएको संबिधानको कार्यान्वयनका लागि नेपाली जनताका प्रतिनिधिहरु र नेपाल सरकार अहोरात्र खटेर लागिरहेको छ भन्ने हामीलाई बिश्वास छ । यति बेला झण्डै आधा करोड नेपाली जनता नेपालको भूगोलभन्दा बाहिर बस्छन । बाहिरबाटै मातृभूमिको हितका लागि आफ्नो औकात अनुरुपको सहयोग गरिरहेका छन । हामी संसुवा सभाबाट विश्वको बिभिन्न मुलुकमा पुगेर बसोबास गरिरहेका नेपालीहरु पनि जन्म भूमिको उन्नतीका लागि आफ्नो ठाउँबाट सकेको सहयोग गर्दै आईरहेका छौं । संबिधान कार्यान्वयनका लागि पनि आफ्नो ठाउँबाट सहयोग गर्न हामी तयार छौं । संबिधान तोकिएको समय सीमा भित्र पूर्ण रुपमा कार्यान्वयनमा आवस भन्ने हामी सबैको चाहाना छ । आजको दिन अर्थात संबिधानको प्रथम वार्षिकउत्सबको अबसरमा हार्दिक शुभकामना साथै संविधानको अक्षरस पालना को कामना गर्दछौ !

पवन बारकोटी खनाल
का .वा . अध्यक्ष
संखुवा सभा कम्युनिटी अफ यु एस ए SSCUSA
अमेरिका (परिवार )

 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.