समाज

संखुवा सभा समाज अमेरिकाका अध्यक्ष श्रेष्ठलाई मातृ शोक

डेनभर, कोलोराड । संखुवा सभा समाज अमेरिकाका अध्यक्ष शान्ति श्रेष्ठलाई मातृ शोक परेको छ ।
shresthamomसमाजका महासचिब हरिकुमार श्रेष्ठका अनुसार अध्यक्ष श्रेष्ठकी आमा स्वर्गीय  छन्दकुमारी श्रेष्ठको सेप्टेम्बर २१ तारिक बुधवार बिहान ९:२० बजे ९३ बर्षको उमेरमा कान्छो छोरा जीवन श्रेष्ठको कोलोराडो स्प्रींङ्ग  स्थित निवासमा देहावसान भएको थियो ।
स्वर्गीय श्रेष्ठ संखुवा सभाका बरिष्ठ राजनीतिकर्मी तथा समाजसेवी स्व.सूर्यबहादुर श्रेष्ठकी धर्मपत्नी हुनुहुन्छ । संखुवा सभाको खाँदबारीमा जन्मनुभएकी स्व.श्रेष्ठ पछिल्ला बर्षहरुमा छोरी तथा छोराहरुको सेवा र संरक्षणमा अमेरिकाको कोलोराडोमा बस्दै आउनु भएको थियो ।
उहाँ संखुवा सभा समाज अमेरिकाका संरक्षक नारायण श्रेष्ठ तथा सल्लाहकार धर्मराज श्रेष्ठ, सुरेन्द्र  श्रेष्ठ बोर्ड सदस्य  डिएन श्रेष्ठकी आमा हुनुहुन्छ ।
स्व.श्रेष्ठका ७ छोरा १ छोरी हुनु हुन्छ | अध्यक्ष श्रेष्ठ आमाको काजक्रिया सकेर काममा नफर्किएसम्म समाजको कार्यबाहक अध्यक्षता बरिष्ठ उपाध्यक्ष पवन बारकोटी खनालले गर्नुहुने महासचिब हरिकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.