समाज

छोरी बलात्कार गर्ने बाबुलाई २२ वर्ष जेल

वालिङ- आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई जिल्ला अदालत स्याङ्जाले २२ वर्षको जेल सजाय सुनाएको छ। पश्चिम स्याङ्जाको बिर्घा गाविसमा २०७२ फागुन २१ गते दिउँसो १ बजेको समयमा आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा चैत १४ गते बाबुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो।

अदालतले मङ्गलबार अभियुक्त बाबुलाई जबर्जस्ती करणीको अभियोगमा १२ र हाडनाता करणीको अभियोगमा १० वर्ष गरी २२ वर्ष जेल सजाय तोकेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले बताए।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.