समाज

यसरी चोरीयो काठमाण्डौ देखि पोखरा आउँदा २५ तोला सुन

१० , कात्तिक । काठमाण्डौंबाट पोखरा आउदै गरेको रात्रीवसबाटै गएराति २५ तोला बराबरको सुनका गहना चोरी भएको छ । पोखरा १३, कोलपाटनचोककी ५५ बर्षीया देउता कुमारी गुरुङको २५ तोला बराबरको सुनका गहना मध्यराती साँढे १२ बजे मुग्लीनबाट वस रोकेको अबस्थामा चोरी भएको हो । उनका श्रीमान् बुद्धी बहादुर गुरुङका अनुसार झोलामा सिरानी गरेर राखेको उक्त सुन चोरी भएको हो ।

ना ४ ख ३६९३ नम्वरको रात्री वसमा श्रीमान श्रीमती सहित पोखरा आउदै गर्दा मुग्लीनमा वस आराम गर्न रोकेको अबस्थामा नाटकीय ढंगबाट चोरी भएको गुरुङले बताए ।

Full box of a gold jewelry on a white background

उनका अनुसार वसमा चालक र सहचालक बाहेक ३ जना मात्र यात्रु रहेका थिए । मुग्लिङमा करीब राति १२ः२० मा वस रोकेपछि चालक र सहचालक चिया खान झरेको र उनीहरु झरेको करीब १० मिनेट पछि दुई जना व्यक्तिहरु गाडीमा आएर यो गाडी कहाँ जाने हो भन्दै भित्र पसेका थिए । एक छिन वसेर बाहिर निस्केका थिए । फेरि एक छिन पछि पुनः अर्को एक अग्लो कदको रातो कमिज र चप्पल लगाएको व्यत्ति वस भित्र छिरेर यो गाडी कहाँ सम्म जाने हो भन्दै भित्र एक छिन वसेर निस्किएका थिए । एक छिन पछि आउनु पर्ला भन्दै झरेका ब्यक्ति नआएपछि करीब १० मिनेटमा देउता कुमारीले सिरानीमा राखेको झोला हराएको थाहा पाएका थिए ।

गाडी रोकेको अबस्थामा पहिला दुई जना चढेर झरे पछि बुद्धिबहादुरले गाडीको ढोका लगाएर भित्र वसेको अबस्थामा एक छिन पछि अर्को व्यक्ति गाडीमा आफै ढोका खोलेर छिरेको बताए ।

गाडी खाली खाली भएको हुनाले आफुहरु छुट्टा छुट्टै सिटमा सुत्ने ढंगले दुई÷दुई सिट रिर्जव गरी आएको अबस्थामा बी साईडको ३ र ४ सिटमा देउता कुमारी वसेकी थिईन भने उनका श्रीमान अर्को सिटमा बसेका थिए । सहचालक बिष्णु पौडेललाई मुग्लीन प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ भने उक्त वस पोखरा आएको छ ।

राया ८ तोला, पैसा वाला औठी १ तोला, वेरुवा औठी १ तोला, काना लगाउने चारलीङ टप ३ तोला, ज्वली १ तोला, नौ गेडी तिन तोला, तिलौरी १ तोला, सिक्री ४ तोला, वच्चाले लगाउने रिङ आधा तोला गरी साँढे २५ तोला सुनका गरगहन चोरी भएको उनकी छोरी शिला गुरुङले बताइन् ।

वेलायतबाट आएका आमा बाबु काठमाण्डौंबाट पोखरा रात्रि वसमा आउदा चोरी भएको घटनाले गर्दा केहि वेर आमा अचेत अबस्थामा पुगेको उनले बताईन । साथै आमाको झोलामा रहेको १२ हजार नगद सहित ३ वटा लेडिज घडी र एउटा जेन्स घडी समेत चोरी भएको उनले बताईन । यस बिषयमा प्रहरीलाई सोध्दा ७५ जिल्लाबाट आउने ठाँउमा चोरी भएको भन्दै अनुसन्धान भई रहेको एक प्रहरी अधिकारीले बताए । पृग्वीराजमार्ग वस संचालक समितिद्धारा संचालित उत्त वसबाट सुन चोरी भएको घटनालाई आफुले समेत बढी निगरानी गर्ने समितिका महासचिव योगेन्द्र केसीले बताए ।

#पत्रकार दिनानाथ बरालको सहयोगमा

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.