समाज

छठ पर्वमा प्रयोग हुने सामग्रीको मूल्य आकासियो

लहान: छठ पर्वका अवसरमा उपयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन्।

छठ पर्वमा प्रसादको रुपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङलो, कोनियाँ र माटाको भाँडाकुडालगायत समानको मूल्य झन्डै तीनगुना बढेको छ।

यस्ता सामग्रीको मूल्य बढाइए पनि त्यसको नियन्त्रण गर्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ। चाडपर्वको मौका छोपेर बजारमा व्यापारीले सामानको मूल्य मनपरी ढङ्गले बढाइए पनि अनुगमन गरी कारबाही गर्ने निकाय मुकदर्शक बनेको सिरहा नहरा रिगौलका शङ्कर यादवको आरोप छ।

सूर्यको अराधना गरी मनाइने यो पर्वको तयारी सिरहामा तीव्र भएको छ । विजयदशमी र दिपावली सकिएपछि स्थानीयवासी छठ पर्वका लागि ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन व्यस्त भएका छन्। उनीहरुले सिरहाको प्रमुख जलाशय, पोखरी किनारमा पूजाघाट बनाएर सजाउने कामलाई तीव्रता दिएका छन।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.