समाज

गाडिएको अबस्थामा मृत शिशु भेटियो , आमाले हत्या गरेको आशंका

कात्तिक २० । पर्वत लिमिठाना –८ चिर्दीखोलास्थित खेतमा गाडिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । स्थानीय गोपाल क्षेत्री भनिने कुलबहादुर क्षेत्रीको खेतमा नवजात शिशुको शव शुक्रबार भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार क्षेत्रीको श्रीमती ३१ वर्षीया मीना क्षेत्रीले बच्चालाई जन्म दिई हत्या गरी नजिकैको आफ्नै खेतमा लगेर गाडेको भन्ने खुल्न आएको छ ।

हत्याको आशङ्कामा अनुसन्धानका लागि मीना क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिशुको शव स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पाताल पर्वतमा पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक दीपक पातीलले जानकारी दिए।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.