ब्लग समाज

गरिब भएकै कारण मैले ब्रेन ट्युमरको उपचारको अभावमा मर्न नपरोस सरकार !

बर्दिया जिल्लाको गुलरीया नगरपालीका- ५,  तुल्सीपुर बस्ने १२ वर्षकी सरस्वती खड्का बिरामी परिन । पारिवारिक अबस्था निकै कमजोर भएकी खड्का परिवारले प्रथम पटक नेपालगंजको एक नर्सिङ्होममा लगेर चेकजाँच गराए । ब्रेन ट्युमर भएको छ भनेर डाक्टरले जनाउ दिए । आलर्काको जग्गा अधिया गरेर परिवारको पेट पाल्नु पर्ने गरिब खड्का परिवारले छोरीलाई काठमान्डौ लगेर उपचार गर्न सक्ने हैसियत नभयएपछी बिरामी बालिका घरमै पिडा खपेर बस्न बाध्य भएकी छिन। र सहयोगी हातहरुको पर्खाईमा जिवन जिउने आशा मनभरी पालेर बसेकि छिन ।

pidit balika

नेपाली कांग्रेसका युवा नेता तथा स्वास्थ्य मन्त्रि माननीय गगन थापाले स्वास्थ्य मन्त्रि हुनासाथ ‘अब देखि गरिब नेपालीहरुले रोगको कारणले अकालमा ज्यान गुमाउनु  पर्दैन’ भनेर उद्घोष गररेका थिए । स्वास्थ्य मन्त्री आफ्नो भनाईमा अडिग छन भने ब्रेन ट्युमरले पिडित भै हाल आँखा पनि देख्न छाडेकी १२ बर्षे बालिका सरस्वती खड्काको उपचार राज्यले गरि देओस । यसो गर्दा माननीय ज्युको बचनले यथार्तता पाउनुको साथै गरिब नेपाली जनताको कल्याण समेत हुने थियो भनेर पिडित परिवारले अनुरोध गरेको छ ।

पहिला पहिला ठुलाबडाहरु औषधि उपचारको लागि देस वाहिर आफ्नै खर्चपानीमा  जाने गर्थे । २०४६ साल पछी जनताको छोराछोरीहरु देसका ठुलाठुला पदमा पुगे । सानो रोग लाग्नासाथ सरकारी ढुकुटी खर्चेर आसेपासे साथ लाएर उपचारको नाउँमा बिदेस जाने चलन बसाले जुन आजको मिति सम्म कायमै छ ।

२०४६ साल पछी नेपालमा धेरै नेताहरुले सरकारी ढुकुटी रित्याएर विदेशको महंगा महंगा अस्पतालमा गएर औषधि उपचार गराए तर भोट दिने बिकट स्थानका गरिब जनताहरुले सिटामोलको अनुहार समेत देख्न पाएका छैनन । गरिबको चमेली बोल्दिने कोहि छैन भन्ने गीत यस्तै कारणले रचिएको होला ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.