समाज

शान्ति इटरटेनमन्टले निशुल्क सेवा प्रदान गर्ने !

नव प्रतिभाहरुको सशक्ता खोजी गरि नेपाली कला, गला अनी संसकृतिको अन्तर्राष्ट्रिय स्तरमा विकास र प्रवर्धन गर्ने उधेशाले स्थापित शान्ति इटरटेनमन्टले नेपालको प्राकृतिक प्रकोपलाई र स्वस्य्थालाई ध्यानमा राखी प्रत्येक वर्ष दुई ओटा भिन्न सेवा प्रदान गर्ने भएको छ ।

उक्त्त कार्यक्रम वा सेवा मौसमी प्रकोप,स्वस्यथा लगायत विभिन्न्न विधामा रहने केन्द्रका संस्थापक अध्यक्ष हरि उप्रेतीले बताएका छन् । यसै योजना अन्तरगत सन् २०१६ डिसेम्बरको तेस्रो हप्ता भित्र दुई स्थानमा ‘न्यानो’ र निशुल्क स्वास्थ्या शिविर सम्पन्न गर्ने शान्ति इटरटेनमन्टले बताएको छ । यी दुई कार्यक्रम समपन्न गर्नको लागि सो शान्ति इटरटेनमन्टका संस्थापक उप्रेतीको प्रमुख संयोजकत्वामा अमेरिकाबाट सहयोग रहेको छ ।

सो अभियानमा  संस्थापक सदस्यहरु दामोदर उप्रेती, रघु धौराली, माधव फुयाल, पुरुषोतम फुयाल हेम गिरी अनि डि.पी धौरालीको संयोजनमा सहयोग प्रदान गर्ने भएका छन्, त्यसैगरि उता नेपाल शाखा कार्यालयको तर्फ़बाट विकास चौधारी, पुर्ण राई, सविना के.सी रंजित कुमार शाहानीलगायतका कलाकारहरुले संयोजन गरेका छन्, यी सेवा प्रदान कार्यहरुले ‘हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिल्यै गर्ने ? यहाँ नगरे कहाँ गर्ने ? सन्देश  प्रवाह गर्न खोजिएको छ ।

नव प्रतिभाहरुको खोजी गरि उनीहरुको कला, गला र साहित्य प्रतिभाको रुचीलाई सदैव सम्मान र प्रवर्धन गर्ने बताइएको अनि सो लक्ष्य प्राप्तीका लागि सम्पुर्ण सहयोगी मनहरुलाई सहयोग गर्न र एक साथ् अघि बढ्ने समेत शान्ति इटरटेनमन्टले आग्रह गरेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.