समाज

एकैपटक १६ वटा मुर्ति चोरी

१२,मङ्सिर । जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरमा चोरी भएको छ । शनिबार राति मन्दिरमा रहेका १६ वटा मुर्ति चोरी भएका छन् ।चन्दननाथ मन्दिरमा रहेको मुख्य दत्रातयको त्रिमुर्तिसहित गौतम बुद्ध, कृष्ण, महाँकाल लगायत देवताहरुको मुर्ति चोरी भएको मन्दिरका पुजारीले जानकारी दिएका छन् ।सुनको गजुर, देवताको पाइला, बहुमुल्य दायाँं र वायाँं शंख, सिंहासन पनि चोरी भएका छन् । चन्दनाथ कर्णाली क्षेत्रको निकै महत्वपूर्ण पर्यटकीय एवं धार्मिक स्थल मानिन्छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.