समाज

छाक टार्न मुसा !

१९,मंसिर । मुसाको बिज्याईबाट दिक्क नहुने सायदै कम होलान् । त्यस्तै फटाइँ गर्ने मुसालाई मारेर तरकारीको रुपमा छाक टार्ने तराईको केही जाति विशेष समुदायको पुरानै चलन हो ।

उनीहरु मुसाको मासु तरकारीको रुपमा खाने गर्छन् । मुसालाई आहार बनाउनकै लागि धेरै मेहनत गर्छन् ।

परम्पराकै रुपमा ती समुदायले मुसाको सिकार गर्छन् । सीमान्तकृत तथा अति विपन्न समुदायका मानिस मासु खाने प्रयोजनकालागि मुसाको सिकार गरेर तरकारीको गर्जो टार्ने गरेको पाइन्छ ।गहुँ छर्ने तयारी भइरहेका खेतमा उनीहरु जान्छन् र मुसाको दुलो पत्ता लगाएर मुसो भएसम्म खनेर मार्छन् ।

मोरङको पथरी शनिश्चरेका सन्थाल जातिका पल्टाराम मुर्मु, गोपीलाल मुर्मु र पञ्चु हस्दा मुसा सिकारको खोजीमा शिशवनी जहदाबाट जिल्लाका विभिन्न ठाउँका खेतमा मुसाको दुलो खोल्नेकाम उनीहरुको दिनचर्या जस्तै हो ।उनीहरु दोहलु, सिरिसे, बयवन, रिगुवा, शनिश्चरे, कीर्तिपुरलगायत क्षेत्रका खेतमा मुसा मार्दै दिन बिताउने गर्छन् ।

मुसाको परिकार मीठो हुने भएकाले खाली समयको सदुपयोग गर्न मुसाको सिकारमा आएको पल्टा मुर्मुको भनाइ छ ।

तराईवासी सन्थालसहित, बाँतर र ऋषिदेव समुदायका मानिस मुसा मासु खाने प्रयोजनका लागि मुसालगायत स्याल, खरायो, वनबिरालो र न्याउरी मुसाको सिकार गर्ने गरेको पल्टाराम मुर्मुको भनाइ छ ।

विशेष गरी मङ्सिर, पुस, माघ, फागुन, चैत, वैशाखमा आफूहरुले विभिन्न सिकार गर्ने गरेकोपथरी शनिश्चरे–११ का पञ्चु हस्दाको भनाइ छ ।मुसाले खेतमा खनेको मलिलो माटो हेरेर आफूहरुले मुसाको दुलो पत्तो लगाउने गरेको हस्दाको भनाइ छ ।

यस्तैदोहलुकाका झङ्ग्राहा ऋषिदेवसमेत आफ्ना २ जना नातीसंगै मुसाको सिकारमा हिडने गर्दछन ।बजारमा बिक्री हुने माछा मासु अत्यन्त महंगो भएकाले छाक टार्न मुसा मार्न आएको झङग्राहा ऋषिदेवको भनाई छ ।

मुसाको सिकार गर्ने परिपाटिले एकातिर अन्नबालीको सुरक्षा त हुन्छ नै अर्कोतर्फ विपन्न समुदायका मानिसहरुले पोषणयुक्त आहारा समेत पाउने गरेको मुसाका सिकारीहरुको भनाई छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.