समाज

पोखरामा गाडी गुडिरहेको बेला जमिन भासियो , गाडी खाल्डोमा खस्यो

पोखरा २१,मंसिर । पोखरामा मंगलबार बिहान सडक भासिदा गुडिरहेको नगर बस खाडलमा खसेको छ । । पोखरा १६ चमेरे गुफा क्षेत्रको पक्की सडक भासिदा पोखरा वस व्याबसायी समितिमा अन्तर्गतको नगर बस खाडलमा परेको हो । ग १ ख ७०३३ नम्वरको वस गुड्दै गर्दा विहान ५ बजे खाडलमा परेको स्थानीय सुवास अधिकारीले बताए ।

आज विहानै क्युमा जाने क्रममा गुडिरहेकै समयमा सडक भासिएपछी गाडी खाडलभित्र फसेको गाडीका चालक सर्वोजीत रेग्मीले बताए। बिहान वस खाली भएको हुनाले तल्लो भागसम्म जान नपाएको र ठुलो क्षति हुनवाट जोगिएको रेग्मीले बताए ।

सडकमा भ्वाङ परी आफ्नो गाडी एकै चोटी तल भासिएको खाडलमा पर्दा आफु त्रसित भएको उनले जनाए । खाडलमा परेको वसलाई क्रेनको सहायतावाट करीव साँढे दुई घण्टापछि निकालिएको थियो ।पोखरा वस व्याबसायी समितिका सचिव अमृततिमिल्सिनाले सडक भासिएर वस खाडलमा पर्दा सामान्य क्षति पुगेको बताए ।

नेपाल खानेपानी संस्थानका प्राविधिक दिनेश्वर प्रसाद यादवले कालीखोलाको पानी ल्याइएको क्षेत्र अन्र्तगत सर्वसाधारणको कनेक्सन पाईपबाट पानी चुहिएको कारणले गर्दा सो क्षेत्रमा सडक भासिन पुगेको बताए ।कालिखोलाबाट पोखरा बजारको लागि १० ईन्चको पाईपमा खानेपानी ल्याइएको छ ।

भासियको क्षेत्रमा खन्दै गरेका खानेपानीका एक कर्मचारी बाबुराम विश्वकर्माले हाप इच्चको पाईप फुटेको कारणले गर्दा त्यसले भित्र भित्र खोतलेपछी सडक भासिन पुगेको वताए ।20161206135523

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.