समाज

श्रीमान बिदेश हुँदा नेपालमा प्रेमी, पैसाका लागि प्रेमिले नै हत्या ।

२१,मंसिर । राजधानीको ललितपुरमा एक महिलाको पैसाका कारण हत्या भएको छ ।

श्रीमान वैदेशिक रोजगारीमा जाँदा सप्तरी घर भई ललितपुरको बालकुमारीमाडेरा गरी बस्दै आएकी ३० वर्षीय शोभिता खड्का (यादव)को पैसाको लेनदेनका कारण हत्या भएको हो । असोज ५ गतेबाट सम्पर्कविहिन भएकी शोभिताको शव मंसिर १३ गते बालकुमारी गुईपोखरीमा फेलापरेको थियो ।

शोभितालाई उनकै प्रेमी राजुमहमदले ५ लाख रुपैयाँको विवादमा हत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । श्रीमान विदेशमा रहँदा हेरिटेज फेसन गार्मेन्ट उद्योगमा काम गर्दै आएकी शोभिताको सोही उद्योगमा काम गर्ने राजु महमदसँग प्रेम सम्बन्ध गाँसिएको थियो ।

प्रहरी अनुसन्धान अनुसारदुबैबीच पटक पटक शारीरिक सम्बन्ध पनि भएको र शोभिता गर्भवती भएपछि राजुले जबरजस्ती औषधि खान लगाई गर्भपतन गराएको र त्यसैको बदलामा शोभिताले पाँच लाख मागेको र नदिए श्रीमानलाई भनेर कारवाही गराउने भनेपछि पैसा दिन्छु भनेर बालकुमारी गुईपोखरीमा बोलाई राजुले चुक्कु प्रहार हत्या गरेको खुल्न आएको छ ।

हत्यामा संलग्न शोभिताका प्रेमी रौतहट घर भई बालकुमारी बस्दै आएका राजुलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।यस्तो छ पूरा

घटना विवरणः

हेरिटेज फेसन गार्मेन्ट उद्योग बालकुमारीमा काम गर्ने जिल्ला सप्तरी डाढा गा.वि.स. वडा नं. ७ स्थायीवतन भई हाल ल.पु.जि.लपु.उ.म.न.पा­. वडा नं. ८ बालकुमारीमा डेरा गरी बस्ने बर्ष ३० की शोभिता खड्का (यादव) मिति २०७३।०६।०५ गतेराती अवेर सम्म डेराकोठामा फर्की नआएको र खोजतलास गर्दा फेला नपरेको भनि मिति २०७३।०६।०६ गते निज सोभिता खड्का (यादव)को भाई विपिन खड्काले प्रहरी वृत्तसातदोकाटो ललितपुरमा निज सोभिता खड्का(यादव)लाई खोजतलास गरी पाउँ भनि निवेदन दिएकोमा खोजतलास कै अवस्थामा मिति २०७३।०८।१३ गते विहानअं. ०८:३० बजेको समयमा ललितपुर जिल्ला ल.पु.उ.म.न.पा.वडा नं. ८ बालकुमारी गुईपोखरीमा एक महिलाको लास फेला परेको भनि उक्त पोखरीमा घाँस काट्न जाने स्थानीय व्यक्तिहरुले प्रहरीमा खबर गरे पश्चात् तत्काल महानगरीय प्रहरी परिसर ललितपुर समेतबाट घटनास्थल विशषेज्ञ समेतको टोली खटी गई स्थानीय मानिसहरु समेतको सहयोगमा उक्त लासको घटनास्थल लासजाँच प्रकृति मुचुल्का समेत कार्य सम्पन्न गरी लास पोष्टमार्टमको लागिफरेन्सिक मेडिसिन विभाग महाराजगञ्जकाठमाण्डौंमा पठाईएको र उक्त लास ऐ. १४ गते मृतकको बहिनी सुजिता दुलाल र भाई विपिन खड्काले लास सनाखत गरी दिएको ।

अनुसन्धान गर्दै जाने क्रममा मृतक र गार्मेन्ट उद्योगमा सँगै काम गर्ने राजुमहमदसँग प्रेम सम्बन्ध रहेको र निजहरु बीच शारिरीक सम्बन्ध रही सोभिता खड्का (यादव) गर्भवती बनेकोले गर्भपतन गराउने उद्देश्यले राजु महमदे गर्भपतनको औषधी किनी खुवाएको खुल्न आएको ।

पछिल्लो समयमा मृतकले राजु महमदलाई रु ५,००,०००।–(पाँच लाख) रकम देउ भनि पटक–पटक भन्ने गरेको नदिएमा श्रीमान विदेशबाट छुट्टीमा आउन लागेकोले श्रीमानलाई भनि कारवाही गर्ने धम्कीदिए पछि मिति २०७३।०६।०५ गते साँझमा पैसा दिने वहानामा सधै गई रहने ललितपुरको बालकुमारीमा रहेको गुईयपोखरी एरियामा लगी पोखरी छेउमा केही समय बसी कुराकानी हुँदा पुनः पैसा झिक भनि गालामा चड्कन हानेकोले कोटेश्वरबाट किनेर साथ मै लुकाई राखेको चक्कुको वोधो भएको भागबाट घाँटी थिची कर्तव्य गरी मारी पोखरीमा फालेको खुल्न आएकोले निज राजु महमदलाई मिति २०७३।०८।२० गते पक्राउ गरी कर्तव्यज्यान मुद्दामा आवश्यक अनुसन्धान कार्य भई रहेको । वारदातमा प्रयोग भएको भनिएको चक्कुको गुईयपोखरीमा खोजतलास कार्य भई रहेको ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.