समाज

दैलेखमा ग्यास खानी भएको पुष्टि , चिनले पठायो रिपोर्ट

२७,मंसिर । उत्तरी छिमेकी चीनका वैज्ञानिकहरुले दैलेख जिल्लामा प्राकृतिक ग्यासको खानी रहेको पुष्टि गरेका छन् ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलकदमीमा चिनियाँ वैज्ञानिक तथा प्राविधिकले गत चैत महिनामा नेपाल आएर दैलेख लगायतका ठाउँमा नमुना संकलन गरेका थिए । उक्त नमूना आफ्नो देश लगेर उच्चस्तरीय ल्याब परीक्षण गर्दा ग्यासको खानी रहेको पुष्टि भएको हो ।

तीन महिना लामो जाँचपछि तयार गरिएको प्रारम्भिक प्रतिवेदनमा दैलेखको श्रीस्थान लगायतका क्षेत्रमा पेट्रोलियम ग्यास उत्खननको सम्भावना रहेको उल्लेख गरिएको छ ।उक्त प्रारम्भिक प्रतिवेदनलाई प्राविधिकले चीन सरकारलाई बुझाएका छन् । र, चीन सरकारले नेपालको उद्योग मन्त्रालयलाई पठाएको छ ।

चीनले केही साताभित्रै प्राविधिक टोलीले तयार गरेको बिस्तृत प्रतिवेदन परराष्ट्र मन्त्रालयमार्फत नेपाल पठाउने परराष्ट्र स्रोतले बताएको छ ।यसअघि चिनियाँ प्राविधिक टोली नेपालआएर गत चैत र वैशाखमा दैलेख, मोरङको राधानगर, नुवाकोटको त्रिशुली क्षेत्र लगायतबाट नमुना संकलन गरेकोथियो ।

चिनियाँ टोलीले नमुना संकलन गरेपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग सिंहदरवारमा नै भेट गरी दैलेखको श्रीस्थान, धुलेश्वर र पादुका क्षेत्रमा सतह बाहिर नै प्राकृतिक ग्यासको अस्तित्व भेटिएकाले भण्डार हुन सक्ने उच्च सम्भावना रहेको बताएको थियो । त्यसपछि परीक्षण कार्य सुरु भएको थियो ।

श्रीस्थान क्षेत्रमा हाल देख्न सकिने अखण्डज्वाला करिब ३ सय वर्षदेखि अविच्छिन्न रहेको बताइन्छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.