समाज

साथिसग बोलेको निहुमा श्रीमान् ले कुट्दा यस्तो हालत !

२२,पुस । पाण्डुसैन गाउँ विकाससमिति–३ की २८ वर्षीय एक महिला पतिको कुटाइबाट गम्भिर घाईते भएकी छन् । घरमा बसिरहेकै अवस्थामा एक्कासी आएका पतिले कुटेर घाइते बनाएको उनले बताइन्।

उनी अहिले आँखा देख्न र हिडडुल गर्न सक्तिनन् ।साथीसँग गफ गर्दै गर्दा पति आएर किन ? कस्लाई रु फोन गरेकी होस् ? भन्दै कुटपिट गरेको पीडितले बताइन् । घरमै बसेर कार्यालयको कागजपत्र तयार गर्दै थिएँ, श्रीमान आएर लात्तैलात्ता लगाएको बताउँदै उनले भनिन्, ‘ममाथि कुटपिट हुन थालेपछि छिमेकीको घरमा पुग्न पाएकीले मात्र ज्यान बचेको हो ।’छिमेकी नभएको भए मेरो ज्यानै जाने थियो, उनले भनिन् । हाल उनी जिल्ला प्रहरी कार्यालय बाजुराको सहयोगमा उपचार गराइरहकी छन । उनको आँखामा गम्भीर चोट लागेको र बाँया हातसमेत फ्रयाक्चर भएको छ ।

प्रहरीका अनुसार उनको शरीरका विभिन्न भागमा समेत घाउचोट लागेको छ ।आफुमाथि भएको घरेलु हिंंसाको कानुनी उपचारका लागि अहिले जिल्ला प्रहरी कार्यालय बाजुराको सहयोगमा घरेलु हिंसा र अंगभंग मुद्दा चलाउनको लागि पहल भइरहेको उनले बताइन् । कानुनी सहयोगका लागि आर्थिक अवस्था र उपचार गर्ने पैसा पनि नभएको उनले बताइन् । उनलाई उनका पतिले पटक–पटक कुटपिट गर्दै आएको बताइन् ।उनका पतिले पहिले पनि यस्तो कार्य गर्दै आएको जानकारी दिंदै उनले भनिन्, ‘अब कहिल्यै यस्तो कार्य गर्ने छैन भन्दै जिल्ला प्रहरी कार्यलयमा थुप्रै पटक पतिले कागजमा सही गरिसकेकाछन् ।’ बारम्वारको यातनाले हाल उनको शारीरिक, मानसिक अवस्था असन्तुलित हुँदै गएको छ भने शरीर अशक्त बन्दै गएको छ ।

२०६० मा प्रेम विवाह गरेका उनका २ छोरा र २ छोरी छन् । उनका पतिलाई हाल जिल्ला प्रहरी कार्यलय बाजुराको हिरासतमा राखिएको छ । राजधानी दैनिकले छापेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.